पुस १४ गते देखि अरुणखोलामा दोस्रो मध्यविन्दु महोत्सव-२०७८ हुने

NAWALPUR TIMES

पुस १४ गते देखि अरुणखोलामा दोस्रो मध्यविन्दु महोत्सव-२०७८ हुने
1640531349781

नवलपुर । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा नवलपुरको अरुणखोलामा दोस्रो मध्यविन्दु-२०७८ हुने भएको छ ।

मध्यविन्दु उद्योग वाणिज्य संघ द्वारा यहि पुस १४ देखि २४ गते सम्म सन्चालन हुने दोस्रो मध्यविन्दु महोत्सव–२०७८ आयोजना गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

आफ्नै विशिष्ट पहिचान रहेको मध्यविन्दु नगरपालिकामा पर्यटन तथा व्यपार वृद्धिको लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष केदार पराजुलीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

२५० वटा व्यापारीक तथा सेवा मुलक स्टल रहने महोत्सवमा साथै बाल मनोरञ्जनका लागि बाल उथान तथा डुंङ्गा सयरको व्यवस्था गरिएकि पत्रकार सम्मेलनमा पराजुलीले जानकारी गराएका हुन ।

उनका अनुसार महोत्सवमा विभिन्न भेषभुषा, भाषाभाषी, रहनसहन, कला, संस्कृति सहित स्थानीय आदिवासी जनजातीका समुदायको परिचय झल्कने घर, नाचगान, संगै जातिय खानाका परिकारहरुको व्यवस्थापन गरिनेछ ।

करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा संघका महासचिव चेतन पौडेलले बताए ।

महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकी सहितको बृहत शोभायात्रा, दोस्रो मध्यविन्दु डान्स आइडल २०७९ को विशेष प्रस्तुती,  स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तुतथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी,  मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ÷प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology