देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनका उम्मेदवार ओमन सिंह रजाली निर्वाचित भएका छ्न ।
सोमबार अबेर राती सकिएको मतगणना अनुसार अध्यक्षमा निर्वाचित रजालीले नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका संस्थाका वर्तमान अध्यक्ष मेकबहादुर पुलामीलाई २६४ मतान्तरले पराजित गरेका हुन । रजालीले १३२० मत प्राप्त गर्दा पुलामीले १०५६ मत पाएका निर्वाचन अधिकृत कृष्ण सिग्देलले नवलपुर टाईम्सलाई जानकारी दिएका छन ।
त्यसै गरि सचीवमा गठबन्धनकै टेकनाथ सिग्देलले अर्का उम्मेदवार ईश्वरी प्रसाद रेग्मीलाई २ सय ६४ मतान्तरले पराजित गरेका हुन । सिग्देलले १२७८ मत पाउँद रेग्मीले १०१४ मत पाएका छ्न । त्यस्तै महिला सदस्यमा गंगाकुमारी भुजेल(११८९ मत) देवका गौतम (१२९३ मत) र सुशिला बिक (१२६७मत), लेखा संयोजकमा जुद्धबहादुर थापा ( १३२२ मत) लेखा सदस्यमा मानबहादुर मल्ल ठकुरी (१३१६ मत), लेखा सदस्य पदमा चण्डीकला बंसि (१३०५मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरि वाड नं १ संयोजकमा प्रेमबहादुर घर्ती, वडा नं २ संयोजकमा पहल सिंह राना, वडा नं ३ संयोजकमा टेकप्रसाद पाण्डे र वडा नं ४ संयोजकमा निरमाया थापा विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
विजयी उम्मेदवार मध्ये वडा नं २ का संयोजक राना बाहेक सबै कांग्रेस नेतृत्व गठबन्धन बाट निर्वाचित भएका हुन ।
प्रकाशित : २०७८ पुष ५ गते २२:२७
Facebook Comment