लुम्बिनी बसपार्कमा आगलागी, १२ पसलमा पूर्ण क्षति

NAWALPUR TIMES

लुम्बिनी बसपार्कमा आगलागी, १२ पसलमा पूर्ण क्षति
aaglagi lumbini buspark

रूपन्देही । रूपन्देहीको लुम्बिनीस्थित बसपार्कमा गयराती आगलागी हुँदा १२ पसल जलेर नष्ट भएका छन् । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी गरी १२ वटा पसल जलेर नष्ट भएको व्यवसायी विष्णु बस्नेतले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिव ७५ लाखको क्षति भएको आंकलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए।

आगलागीपछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीयको आक्रोश छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो। भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

आगो राती २ बजेतिर लागेको थियो। स्थानीय युवाहरुले पसलमा लगाएका टीनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बस्नेतले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology