काठमाडौं । आज (मंगलबार) बोलाइएको संघीय संसदको हिउँदे अधिवेशन बैठक सुरु भएलगत्तै नेकपा एमालेले नाराबाजी सुरु गरेको छ ।
पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै कारबाही नहुन्जेलसम्म बैठक अघि बढ्न नदिने एमालेले पूरानै अडानले लिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदहरुको नाराबाजीकै बीच संसद बैठक सञ्चालन गरेका छन् ।
आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित : २०७८ मंसिर २८ गते १४:४९
Facebook Comment