रेखा थापा राप्रपा महामन्त्रीकी उम्मेदवार !

NAWALPUR TIMES

रेखा थापा राप्रपा महामन्त्रीकी उम्मेदवार !
rekha thapa 5a0fc3c9633539.32488624

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । हिजोदेखि शुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उम्मेदवारी घोषणा धमाधम भइरहेको छ ।

राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। लिङ्देन प्यानलबाट गोविन्द खनियाको नाम पनि आएको छ ।  विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ।

महाधिवेशनमा दुई खेमा प्यानल बनाएर उत्रदैछन् । कमल थापा प्यानलबाट  कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रेखा थापाको उम्मेदवारी परेका खण्डमा उनको भिडन्त कुन्ती शाहीसँग हुनेछ ।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाको लागि निर्वाचन हुँदैछ। बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्नेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology