सुनको सिक्री चोरी गरि फरार दुई जना पक्राउ

NAWALPUR TIMES

सुनको सिक्री चोरी गरि फरार दुई जना पक्राउ
received 874013276815637

परासी । नवलपरासी पश्चिम प्रहरीले सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई पीडितले चोरी गरे लगत्तै दिएको सूचनाका अधारमा परासी सदरमुकामको बुद्धचोकबाट सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

बर्दघाट नगरपालिकाको वडा नं. १३ धनेवा बस्ने विष्णु चापागाईँ र बर्दघाट नगरपालिका वडा नं. ११ बस्ने लक्ष्मीदेवी भट्टराईको घाँटीबाट मोटरसाइकलमा सवार दुई जना युवाहरूले थुतेर भागेका थिए । उनीहरूले नेपाली नम्बर प्लेट माथि भारतीय स्टिकर नम्बर प्लेट टाँस्ने र सुरक्षित स्थानमा पुगेपछि स्टिकर हटाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९का देबराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने वर्ष २४ का अजय केवट जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजुलामाले जानकारी दिए । प्रहरीको अनुसार उनीहरूले विभिन्न स्थानबाट चोरी गरेको सुनको सिक्री २ थान, १ तोला ८६ लाल र १ तोला ६३ लाल गरी करिब पौने तिन तौलाको सुनको सिक्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले पत्रकार सम्मेलनमा बताए ।

यस्तै उनीहरूको साथबाट मोबाइल २ थान, बैक भौचर २ थान, पर्स पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले नवलपरासी प्रहरीले सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीलाई पीडितले चोरी गरे लगत्तै दिएको सूचना अनुसार परासी सदरमुकामको बुद्धचोकबाट सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।
मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको नवलपरासी पश्चिम प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology