ट्रकको ठक्करबाट एक युवाकाे मृत्यु

NAWALPUR TIMES

ट्रकको ठक्करबाट एक युवाकाे मृत्यु
Accident sketch1614604753

नवलपुरको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट  एक युवाकाे मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको PB ०४ V ४६३९ नं.को ट्रकले प्रदेश ३–०३–००१ प ६८७९ नं.को मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अगाडी ठक्कर दिदा गैँडाकोट ४ का २५ वर्षका सन्तोष घिमिरेको मृत्यु भएको हो ।

साँझ ८ः२० बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राति ११ वजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी दिलीप कुमार गिरीले जानकारी दिनुभयो । घिमिरेलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology