जिल्ला प्रहरी कार्यालय नवलपुर गण्डकी प्रदेशकै उत्कृष्ट

NAWALPUR TIMES

जिल्ला प्रहरी कार्यालय नवलपुर गण्डकी प्रदेशकै उत्कृष्ट
1633507390150

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुर  गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रहरी कार्यालयको रुपमा पुरस्कृत भएको छ ।

६६ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका ११ जिल्लाका जिल्ला प्रहरी कार्यालय  मध्य उत्कृष्ट जिल्ला प्रहरी कार्यालयको रुपमा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई पुरस्कृत गरेका हुन ।

मुख्य मन्त्री नेपालीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयको पुरस्कार जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ललाई प्रदान गरेका हुन । त्यसै गरि मुख्यमन्त्री नेपालीले कार्यक्रममा अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रहरी कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, व्यक्तित्व, ट्राफिक व्यवस्थापन, विपद उद्दार लगायत विविध प्रहरी गतिविधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology