४५९ रुपैयाँ लुटे, ३८ वर्षपछि पक्राउ पर्दा तीन वर्ष जेल

NAWALPUR TIMES

४५९ रुपैयाँ लुटे, ३८ वर्षपछि पक्राउ पर्दा तीन वर्ष जेल
kdmfkdmggm1632299760

काठमाडौं । कञ्चनपुरमा ४५९ रुपैयाँ लुटेर फरार भएका एक कसुरदार ३८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन लक्ष्मीपुर गाविस–८ का ६० वर्षीय जंगे भनिने जगतबहादुर बुढाथोकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार लारा डिस्टिलरी बेलौरीबाट अन्तःशुल्कबापतको सरकारी रकम उठाई पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा वि.सं. २०४० साल पुस १० गते  डिस्टिलरीका कर्मचारी रामजन सहनीको साथबाट सो रकम लुटिएको थियो ।

बुढाथोकीको समूहले कञ्चनपुर लक्ष्मीपुर र त्रिभुवन बस्तीबीचको जंगलको बाटोमा बन्चरो, काठको चिर्पट, बन्दुकसमेत देखाएर कर्मचारीमाथि कुटपिट गर्दै सो रकम लुटेको थियो । रकम लुटेपछि फरार बुढाथोकीसहितको समूहलाई २०४२ साल वैशाख २५ गते जिल्ला अदालतल कञ्चनपुरले जनही तीन वर्ष एक महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो ।

उनलाई मंगलबार (हिजो) घरबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology