गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा १० पक्राउ

NAWALPUR TIMES

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा १० पक्राउ
हेटौँडा । नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् । उनीलाई गाई काटेको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology