राप्रपा नवलपुरको अधिवेशन जारी : अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत

NAWALPUR TIMES

राप्रपा नवलपुरको अधिवेशन जारी : अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत
Rppnepalflagnewversion

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नवलपुर जिल्ला अधिबेशनमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत भएको छ । अधिबेशन समितिका संयोजक रामनाथ उपे्रतीका अनुसार कार्य समितिमा २२ जना सर्वसम्मत भएका हुन् भने अध्यक्ष पदका लागि तीन जनाले दावेदारी प्रस्तुत गरिरहेका छन् ।

यसअघि अध्यक्षमा चार जनाको चर्चाले पनि तीन जनाको उम्मेदवारी रहेको छ । पार्टीका जिल्ला उपाध्यक्ष गैंडाकोटका चन्द्रदत्त जैंसी, क्षेत्र नं. २ का निबर्तमान क्षेत्रीय अध्यक्ष नूनबहादुर आले र जिल्ला सल्लाहकार बिष्णुप्रसाद शर्मा अधिकारीले अध्यक्ष पदमा दावी गरिरहेको बताईएको छ ।

सर्वसम्मत हुनेमा कावासोतीबाट बीरबहादुर कार्की, चन्द्रकला कंडेल, कासीराम सापकोटा चन्द्रकला खड्का, उमादेबी तिवारी, राजकुमार श्रेष्ठ, बेगम बिक, बिमस रिमाल, गुणाखर काफ्ले, गैंडाकोटबाट पिताम्वर भुसाल, हिरालाल सापकोटा, गुणलाल श्रेष्ठ, मनरुपा जैसी, सोमबहादुर भण्डारी क्षेत्री, कृष्णकुमार श्रेष्ठ, बिश्वनाथ सापकोटा, यदुनाथ जैसी, देवीप्रसाद न्यौपाने, देवचुलीबाट बमबहादुर मल्ल, हुप्सेकोटबाट निर्मला गुरुङ, बिनयी त्रिबेणीबाट उमेस कार्की र बुलिङटारबाट निर्मला घिमिरे छन् ।

अध्यक्ष सहितको जिल्ला कार्य समिति निर्वाचित भएपछि बैठकले सदस्यमध्येबाटै उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष सहितको पदाधिकारी चयन गर्ने जनाईएको छ ।

शनिवार आयोजित जिल्ला अधिबेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा बिषेश समितिका सदस्य बुद्धिमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी जिल्ला अध्यक्ष दल बहादुर के सीको अध्यक्षता आया्जित अधिबेशनमा बिशेष समिति सदस्य नीलकण्ठ काफ्ले, निर्देशक समिति सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ्, कार्य सम्पादन समिति सदस्य बिन्दु पौडेल पहाडी लगायतका केन्द्रीय सदस्यहरुले सम्वोधन गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology