राष्ट्रिय जनगणना २०७८ : नवलपुर सहित देशै भरी भदौ ३० देखि सुपरिवेक्षकले काम सुरु गर्दै

NAWALPUR TIMES

राष्ट्रिय जनगणना २०७८ :  नवलपुर सहित देशै भरी भदौ ३० देखि सुपरिवेक्षकले काम सुरु गर्दै
Kawasoti

कावासोती । पुर्वी नवलपरासी सहित देशै भरी भदौ ३० गते देखि राष्ट्रिय जनगणनाको काम सुरुहुने भएको छ ।

कोभिड महामारीका कारणले रोकिएको जनगणनाको सुपरिवेक्षणको काम भदौ ३० गते बुधबार देखि जिल्लामा तोकिएका ११० जना सुपरिवेक्षकले सुरुवात गर्ने जिल्ला जनगणना कार्यालय पुर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए ।

रानाभाटका अनुसार भोलि देखि सुरु गरिने सुपरिवेक्षणका लागि ११० जना सुपरिवेक्षकलाई पुर्नताजगी तालिम र आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।

कोभिड महामारीको कारणले रोकिएको जनगणना कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने गरि सरकारले नया कार्यतालिका तय गरेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology