गैंडाकोटमा सवारी दुर्घटना : ३ जनाको मृत्यु

NAWALPUR TIMES

गैंडाकोटमा सवारी दुर्घटना : ३ जनाको मृत्यु
durghatana dmk

कावासोती । पुर्वी नवलपरासीको गैंडाकोटमा यातायात दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको
नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १ जना पुरुष र २ जना महिला रहेका गिरीले बताए । बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको र मृतक र घाईतेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology