नवलपुरमा आज देखि भौतिक उपस्थितीमा पठनपाठन सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २७ गते ११:४७
नवलपुरमा आज देखि भौतिक उपस्थितीमा पठनपाठन सुरु
1582331139school.

राजु चापागाई(राज)/नवलपुर

नवलपुरका अधिकांश विद्यालयहरुमा आज देखि भौतिक उपस्थितिमै विद्यालयहरुमा पठनपाठन शुरु भएको छ ।

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु खुलेका हुन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र नवलपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरूले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सक्ने निर्णय गरेसँगै भौतिक उपस्थितिमा विद्यालयहरू सञ्चालन हुने भएका हुन् ।

जिल्लाका ८ वटा स्थानीय तह मध्य बुलिङटार गाउँपालिकाले गत भदौ १० गते बाटनै भौतिक उपस्थितीमा विद्यालय सन्चालन गरेको थियो ।   गैडाकोट नगरपालीकामा भदौ २८ बाट र देवचुली नगरपालिकाका विद्यालयहरु असोज १ गतेबाट सन्चालनमा आउने भएका हुन भने अन्य स्थानिय तहहरुमा आजैबाट विद्यालयहरु सन्चालनमा आएका छन ।

कम विद्यार्थी भएका विद्यालयहरुमा १० देखि ४ बजे सम्म र धेरै विद्यार्थी भएका विद्यालयहरुमा सिफ्ट बनाएर कक्षा सन्चालन गर्ने गरि विद्यालय सन्चालन सुरु गरिएको कावासोती नगरपालीकाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।

प्रकाशित : २०७८ भदौ २७ गते ११:४७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI