मानपुर-डेढगाउँ सडक खण्डको मोटरेबल पुलमा कालीगण्डकीको बाढीले क्षति: आवागमन बन्द

NAWALPUR TIMES

मानपुर-डेढगाउँ सडक खण्डको मोटरेबल पुलमा कालीगण्डकीको बाढीले क्षति: आवागमन बन्द
FB IMG 1630405249666

कावासोती । कालीगण्डकी नदिले कटान गरेपछि क्षती पुर्‍याए पछि मानपुर- डेढगाउँ सडक खण्डमा रहेको पक्की मोटरेबल पुलबाट आवतजावत बन्द गरिएको छ ।

लगातार केही दिन देखि परिरहेको वर्षा पछि आएको बाढीले कालीगण्डकी नदिमा रहेको मोटरेबल पुलको तनहुँ पट्टीको दायाँ विङ्गको वालमा बाढिले क्षती पुर्‍याएको भन्दै सवारी तथा पैदल आवागमन बन्द गरिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।

पुलको तनहुँ पट्टीको भागको दायाँ विङ्गको पर्खालमा बाढिले गम्भीर क्षती पुर्‍याएको र मर्मतको लागि सरोकारवालाहरु सँग समन्वय भैरहेको सुवेदीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology