कावासोती । पुर्व पश्चिम राजमार्गको गैडाकोटको थुम्सीमा अवरुद्ध नारायण बुटवल सडक एकतर्फी सन्चालनमा आएको छ ।
सडक एकतर्फी सन्चालनमा आए पनि डाईभर्सनमै सवारीसाधन फस्ने गरेकाले राकिएका साधनहरु चाप भने घटेको छैन ।
अहिले डाईभर्सनबाट एकतर्फीरुपमा एक एक गरी सवारीलाई पठाउने काम गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
लगातार भईरहेको वर्षातको कारणले डाईभर्सनलाई पुर्णरुपमा मर्मत गर्न नसकिएको नारायण बुटवल सडक आयोजना प्रमख रमेश दिष्टीले बताए । “वर्षा रोकिएको छैन, जस्ले गर्दा काम गर्न असहज भएको छ , डाईभर्सनमै सवारीसाधन फसेका छन, जाम कम गर्नलाई एक एक गरेर सवारी साधन पटाउने गरेका छौं,” दिष्टीले भने ।
बिहिबार राती ९ बजे अविरल वर्षा पछि आएको बाढीले डाईभर्सन बगाए पछि अवरुद्ध भएको सडकलाई डाईभर्सनलाई मर्मत गरेर सन्चालनमा ल्याए पनि डाईभर्सनमै सवारीसाधन फसेपछि अवरुद्ध भएको थियो । लामो समय देखि सडक अवरुद्ध हुदाँ पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु परेकोे छ ।
प्रकाशित : २०७८ भदौ १३ गते १८:०४
Facebook Comment