इन्टरनेटको शुल्क घटाउने तयारीमा सरकार

NAWALPUR TIMES

इन्टरनेटको शुल्क घटाउने तयारीमा सरकार
collage in e1628925618474

काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लीभीङ वीट आइसीटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए ।

‘मोबाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।’ एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताइन् । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उनले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गरीन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology