काङ्ग्रेस महाधिवेशन मंसिरमा : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २२ गते १७:३३
काङ्ग्रेस महाधिवेशन मंसिरमा : महामन्त्री कोइराला
received 303795578189193

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर सम्ममा हुने बताएका छन् ।

शुक्रवार गृह जिल्ला नवलपुर आईपुगेका पुगेका महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका हुन ।

गाउँ,नगर,केन्द्र र जिल्लाको अधिवेशन सम्पन्न गरेर महाधिवेशन गर्दा मंसिर सम्मको समय लाग्ने कोइरालाको भनाई थियो ।

कोईरालाले अबको महाधिवेशन एकताको महाधिवेशन हुने र यो महाधिवेशनले गुटउपगुट भत्काएर काङ्ग्रेसलाई फेरि पनि एक नम्बरको पार्टी बनाउने दिशामा अगाडी बढाउने बताएका हुन ।

शुक्रवार कोइराला प्रजातान्त्र सेनानी स्व.खुसीलाल पाण्डे र उहाँकि धर्मपत्नी सुमित्रा पाण्डेको स्मृतिमा स्थापना गरिएको खुसु पाण्डे  फाउन्डेसनको उदघाटन गर्न जिल्ला आईपुगेका हुन ।

प्रकाशित : २०७८ साउन २२ गते १७:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI