भ्रामक प्रचार बिरुद्ध सर्वत्र विरोध

NAWALPUR TIMES

भ्रामक प्रचार बिरुद्ध सर्वत्र विरोध
download

परासी -नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्लाको संघीय क्षेत्र न–२ का पार्टीका सभापति नरेन्द्र कुमार गुप्ता र प्रदेश क्षेत्र न २ ( ख )– का सभापति दिनेश मणी पटेलले संयुक्त रुपमा जारी गरेको बिज्ञप्ती प्रति पार्टी भित्र सर्वत्र विरोध जनाएको छ ।

सभापति गुप्ता र पटेलद्धारा साउन १६ गते संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लाको रामग्राम नगरपालीका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउंपालिकाको ४ वडामा पार्टीको क्रियाशिल सदस्यता वारे विवाद रहेको भन्ने भ्रामक प्रचार गरेकोले सो प्रति सर्वत्र विरोेध जनाएको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिती नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ), नेपाली कांग्रेस संघीय क्षेत्रिय कार्य समिती २ र नेपाली कांग्रेस रामग्राम नगर कार्य समिती तथा पाल्हीनन्दन गाउं कार्य समितिले संयुक्त रुपमा जारी गरको फरक फरक बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले जारी गरेको बिज्ञप्ती पुर्णभ्रामक , सामाधान उन्मुख रहेको क्रियाशिल सदस्यता वितरण कार्यलाई प्रभावीत गर्ने ,जिल्लालाई विवादीत देखाउने तथा गैर जिम्मेवार पुर्ण कार्य गरेको भनि निष्कर्ष निकालेको छ ।

१४ औ महाधिबेशनकालागि वडा , नगर तथा गाउपालीकाबाट नेपाली कांग्रेसको विधान बमोजीम क्रियाशिल सदस्यता नविकरण तथा नयां सदस्यताको लागि पठाएको नामावली संघीय सभापति गुप्ताले नामावली ईन्ट्री गरी केन्द्रमा पठाएका हुन ् । यद्यपी उक्त नामावली केन्द्रबाट प्रारम्भीक रुपमा सार्वजनिक हुदा नगर र वडा बाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित वडामा नियम बिपरित आधिकाशं नाममा फेरबदल गरी गरिएको कुरा सार्वजनिक भएपश्चात वडा र नगरलाई सो सम्वन्धमा थाहा भई केन्द्रले तोकिएको अवधि भित्र उक्त नामावली वडा /गाउं /नगर कार्य समितीले गरेको सिफारिसलाई नै मान्यता दिनुपर्ने भनि केन्द्रमा गरिएको उजुरी पश्चात सभापति गुप्ता र पटेलले आफुहरुले विधान बिपरित पठाएको क्रियाशिल सदस्यहरुलाई समाबेश गर्न केन्द्रलाई दवाव र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखेपनि सो अनरुप थप नभएपछि पुन जिल्लामा सदस्यता विवाद छ भन्दै बिज्ञप्ती मार्फत असत्य प्रचार गरिएको प्रति पार्टी भित्र सर्वत्र विरोध भएको हो ।

पार्टीका जिल्ला सभापति बिष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा बिधान बमोजीम वडा तथा गाउं नगरबाट सिफारिस गरिएका क्रियाशिल सदस्यहरु समाबेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान बिपरित जिल्ला तहबाट कुनै किसीमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसीमको केन्द्रमा दवाव नदिईएको कुरा स्पष्ट पार्नुभयो ।

यसैगरी नेपाली कांग्रेस,नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) २ का संघीय क्षेत्रिय सचिव आनन्दकन्द मिश्र , सचिव माधव प्रसाद पाण्डे र सचिव प्रदिप सिंह क्षेत्रले संयुक्त रुपमा जारी गर्नुभएकोमा विज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित रहेका क्रियाशिल सदस्य समेत केन्द्रमा पठाएको विवाद झिक्दै आएको बिज्ञप्ती जारी गरिएको प्र्रति गम्भीर ध्यानाकर्षण जनाउनुभयो । यसैगरी रामग्राम नगर कार्य समितीका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउं कार्य समितीका सभापति हरिहर चौहान द्धारा जारी बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य थप्ने उदेश्यले सयौ व्यक्तिहरुलाई सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गरी बिज्ञप्ती जारी गरी भ्रामक प्रचार गरिएको प्रति आपत्ती प्रकट गरिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology