नवलपुरमा पछिल्लो २४ घन्टामा ६२ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES

नवलपुरमा पछिल्लो २४ घन्टामा ६२ जना कोरोना संक्रमित थपिए

कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ६२ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार बुधबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका संक्रमित मध्य गैंडाकोटमा ५, देवचुलीमा २८, कावासोतीमा ६, मध्यविन्दुमा २२, र विनयी त्रिवेणीमा १ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology