साउन ७ देखि बेपत्ता अर्जुन अझै फेला परेनन, प्रहरी भन्छ खोजी जारी छ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते १५:३८
साउन ७ देखि बेपत्ता अर्जुन अझै फेला परेनन, प्रहरी भन्छ खोजी जारी छ
IMG 20210801 153814

कावासोती । गत साउन ७ गते देखि हराईरहेका कावासोती-१३ का अर्जुन रिजाल अझै सम्म पनि फेला परेका छैनन ।

सुविसु ईन्टरनेट कावासोतीमा कार्यरत अर्जुन साउन ७ गते साँझ करिब ५ बजेको समयमा कार्यालयबाट निस्किएका थिए । कार्यालयबाट निस्किएका उनले मध्यविन्दु-३ ब्रह्मस्थानमा रहेको भिउटावर नजिक आफ्नो मोबाईल, झोला, मोटरसाइकल छोडेर बेपत्ता भएका परिवारले जनाएको छ ।

अन्तिम पटक आफ्नो कार्यालयमा कार्यरत साथीलाई आफ्नो मोबाईलमा म्यासेज गरेर सम्पर्क बिहिन भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्जुनले अन्तिम पटक आफ्नो साथीलाई पठाएको म्यासेजमा “डयाडीको कल आउला, बाईक अफिसको नम्बर सबै अमलटारीमा छ, मेरो ब्यागको कोड १४२ र गुडबाई, आईकान्ट एसेप्ट द पेन” लेखेका थिए । 

साथीलाई आएको म्यासेज परिवार र प्रहरीलाई जानकारी भए लगतै सोही दिननै प्रहरी र परिवारले मोटरसाइकल , झोला भएको ठाउँमा गएर खोजी सुरु गरेको थियो । अर्जुनले म्यासेजमा भने अनुसारनै ना ९ प ९२७ नं को मोटरसाइकल सडकमा फेला परेको, झोला, मोबाइल , मोटरसाइकलको चाबी , पर्स, रुमाल र चप्पल नदिकिनारमा फेला परेको प्रहरीले जनाएको छ ।

साउन ७ गते देखि बेपत्ता अर्जुनको खोजी तिब्र पारिए पनि भेटन नसकेको परिवारले जनाएको छ । अर्जुनको खोजीमा डुङ्गा लिएरत्रिवेणी सम्म पुगेको अर्जुनका बुवा ईश्वरी रिजालले बताए । बुबा ईश्वरीले अर्जुन पुग्न सक्ने सबै ठाउँमा आफुहरुले सम्पर्क गरेर खोजी गरेको तर हाल सम्म फेला पार्न नसकेको बताए । एक्लो सन्तान हराउदाको पिडामा रहेको परिवारले उनको खोजीमा सबै प्रयास गर्दा पनि फेला पार्न नसकेको हो ।

हराएको सूचना पाउन साथ आफुहरु पनि अर्जुनको खोजीमा आफुहरु पनि लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए । “हामीले सम्भावित सबै स्थानमा खोजी गर्दा पनि अर्जुनको अवस्था पत्ता लगाउन सकेका छैनौं, उनको नमस्ते मोबाइलको कल डिटेल मोबाईल लोकेसन चेक जाँच गर्दा पनि नियमित फोन बाहेक शंकास्पद केही भेटाउन सकिएन,” डिएसपी गिरीले भने । गिरीले अर्जुनले प्रयोग गर्ने एनसेल नम्बरको कल डिटेल आई नपुगेकाले त्यसको अध्ययन हुन बाकीरहेको त्यो पनि छिट्टैनै गरिने बताए । “प्रहरी अर्जुनको खोजीमा लागेको छ, हामीले सबै प्रयासलाई जारीनै राखेका छौं, एनसेलको कल डिटेल आए पछि मात्रै थप कुरा बताउन सक्छौं,” गिरीले भने ।

परिवारको एक्लो सन्तान ११ दिन देखि फेला नपर्दा अर्जुनको परिवार चिन्तित छ । एक्लो सन्तान घर छोडेर त्यसरी हिडन पर्ने कुनै कारण पनि नभएको बताउदै अर्जुनका बुवा ईश्वरीले छोराको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेका छ्न ।

प्रकाशित : २०७८ साउन १७ गते १५:३८

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI