कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै लिइने

NAWALPUR TIMES

कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै लिइने
exam 5424 5

काठमाडौं : कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी दिए ।

बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने,“अर्को ठाउँमा जानुपर्दा यातायातको समस्या हुन, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।”

उनका अनुसार कक्षा १२ का २८ जनाभन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन् । ५० भन्दा कम विद्यार्थी भएका २ हजार ३ सय, एक सयभन्दा कम विद्यार्थी भएका ३ हजार ४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदै छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology