नवलपुरमा एकै दिन १ सय१८ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

नवलपुरमा एकै दिन १ सय१८ जनामा कोरोना संक्रमण
nawalpur 1

कावासोती । नवलपुरमा एकै दिनमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २३, देवचुलीमा १९ कावासोतीमा ५३, मध्यविन्दुमा ७, विनयी त्रिवेणिमा ८, हुप्सेकोटमा ६ र जिल्ला बाहिरका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार थपिएका ११८जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७७० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology