नवलपुर । पुर्वी नवलपरासी देवचुलीमा ५ महिने बालिकाको हत्या भएको छ । देवचुली-६ मिर्तुङ्गमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको हो ।
नवलपुर प्रहरीका अनुसार शुक्रवार देवचुली-६ बस्ने कर्ण बहादुर सारुले मादक पदार्थ सेवन गरि आफ्नै मामा पदमबहादुर बार्हघरे सँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बार्हघरेलाई उचालेर घरको पिढीँमा फालेका थिए ।
पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए ।
गिरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडी बढाईएको जानकारी दिए ।
प्रकाशित : २०७८ साउन ९ गते १९:१९
Facebook Comment