नवलपुरमा शुक्रबार ८९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

नवलपुरमा शुक्रबार ८९ जनामा कोरोना संक्रमण
nawalpur 1

कावासोती । नवलपुरमा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ८९ जना संक्रमित थपिएका हुन ।

शनिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २३, देवचुलीमा ३३ कावासोतीमा २३ , मध्यविन्दुमा १, विनयी त्रिवेणिमा ५ र हुप्सेकोटमा ४ रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार थपिएका ८९जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६४१ पुगेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology