मन्त्रिपरिषद्‌ बिस्तार गर्दै मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते ८:५५
मन्त्रिपरिषद्‌ बिस्तार गर्दै मुख्यमन्त्री नेपाली

काठमाडौँ – गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारमा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेको अन्तिम टुंगो लगाएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका हुन् ।

बरालले अर्थ, दीपक चर्तीले वन तथा वातावरण र बुढाले कृषि मन्त्रालय सम्हाल्ने छन् । उनीहरुले आज दिउँसो १ बजे शपथ ग्रहण गर्नेछन् । गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमित नजुट्दा सरकार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।आज सत्ताको नेतृत्वकर्ता कांग्रेस साझेदार माओवादीबीचको छलफलपछि सरकारमा जाने मन्त्रीको टुंगो लागेको हो ।   माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् । कांग्रेसले पनि आज नै सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रकाशित : २०७८ साउन ८ गते ८:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI