माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते १३:५९
माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला
215804208 3892919194168895 7132463848307894691 n 1024x575 1

चितवन-चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेको छन । भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेक छन ।

माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो ।

प्रकाशित : २०७८ असार २७ गते १३:५९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI