पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते सम्म : सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट सन्चालन हुने

NAWALPUR TIMES

पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते सम्म : सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट सन्चालन हुने
1622378614908 1

कावासोती । पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते सम्म थप गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारीस र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनी द्वारा निषेधआज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

यस पटक जारी गरिएको निषेधाज्ञामा जिल्ला भित्र सार्वजनिक यातायात सन्चालन हुने गरि खुकुलो बनाइएको छ । शुक्रबार जारी गरिएको आदेश अनुसार निजी दुई तथा चार पाङग्रे सवारी साधन चल्न पाउने तथा सार्वजनिक यातायात सन्चालन गर्न पाईने, स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology