कोपा अमेरिका : कोलम्बियालाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनलमा

NAWALPUR TIMES

कोपा अमेरिका : कोलम्बियालाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनलमा
Martinez Messi 1024x683 1

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology