स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरो २०२० फुटबलको फाइनलमा

NAWALPUR TIMES

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरो २०२० फुटबलको फाइनलमा
3 9

स्पेनलाई पराजित गर्दै इटाली युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेश गरेको छ।इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआाउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै इटाली फाइनलमा प्रवेश गरेको हो।

खेल पेनाल्टी सुटआउटमा जानुभन्दा पहिले फेडेरिको चियसाले खेलको ६० औं मिनेटमा गोल गर्दै इटालीलाई १ – ० को अग्रता दिलाएका थिए। उनले स्पेनका दुई जना डिफेन्डरलाई छलाउँदै पेनाल्टी बक्स भित्र बाट उत्कृष्ट गोल गरेका थिए। परिवर्तन भएर मैदान प्रवेश गरेका अल्वारो मोराटाले गोल गर्दै स्पेनलाई १ – १ को बराबरी दिलाए। उनले डानि ओल्मोले दिएको सुन्दर पासमा गोल गरेका थिए।

जितसँगै इटाली फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि इटालीले अब इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग आगामी सोमबार प्रतिस्प्रधा गर्ने छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology