सरकारको निर्णयप्रति यातयात व्यवसायी असन्तुष्ट, असार १८ देखि सबै गाडी चलाउने चेतावनी

NAWALPUR TIMES

सरकारको निर्णयप्रति यातयात व्यवसायी असन्तुष्ट, असार १८ देखि सबै गाडी चलाउने चेतावनी
1679604882Buspark 20210218133741

काठमाडौं । यातायात व्यवसायीले सरकारले लागू गरेको जोरबिजोर प्रणालीको विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबै सार्वजनिक यातायात असार १८ गतेदेखि संचालन उद्घोष गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा भएका ६ लाख सर्वाजनिक यातायातमध्ये २५ सिट क्षमताभन्दा माथिका मात्रै सञ्चालन गर्ने भनेपछि १२ हजार मात्रै सञ्चालन हुने भएकाले सरकारको निर्णयको विरोध गरेको व्यवसायीको भनाइ छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारको ठूला सवारीसाधनमात्रै सञ्चालन गर्ने निर्णयले थोरै सवारीसाधन संचालन हुँदा भीडभाड भएर कोरोनाको जोखिम बढ्ने भएकाले सबै असार १८ गतेबाट सवारीसाधन सञ्चालन गर्ने बताए ।

राईले भने, ‘ठूला बसहरूले पनि क्षमताभन्दा आधामात्रै यात्रुलाई सेवा दिइने भनिएको छ । गाडी पनि थोरै सञ्चालन हुने, अनि त्यसमा पनि क्षमता अनुसार यात्रु हाल्न नपाउँदा अझ कोरोना संक्रमण वृद्धि हुने जोखिम हुन्छ । कोरोनाको संक्रमण कम गर्न पनि सबै सार्वजनिक सवारीसाधन संचालन गर्नुपर्ने अवस्था आएको छ ।’

   

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology