नारायणी र राप्ती किनारका बासिन्दालाई सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
NAWALPUR TIMES प्रकाशित : २०७८ जेठ ३० गते १६:१२
20210529 083031 scaled
चितवन प्रशासनले नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो । सूचनामा मौसमको समय सुरु हुन लागेकोले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आमनागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न पनि भनिएको छ ।
Facebook Comment