नवलपुरमा १ सय ३५ जनाको परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि

NAWALPUR TIMES

नवलपुरमा १ सय ३५ जनाको परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि
IMG 20210605 174122

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा १ सय ३५ जनामा परिक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा थप १ सय २ जना नयाँ सक्रमित थपिएका छन् । कुल १ सय ३५ जनाको  परिक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका २३, देवचुलीका १६, कावासोतीका २१, मध्यबिन्दुका ५, विनयी त्रिबेणीका ७, हुप्सेकोटका १, बुलिङटारका २८ र अन्य जिल्लाका १ जना गरि १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा ११९ जना संक्रमण मुक्त भएका छ्न भने २ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९०५ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology