नवलपुर : २१७ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण

NAWALPUR TIMES

नवलपुर : २१७ जनाको  परीक्षण गर्दा १२४ जनामा संक्रमण
IMG 20210603 184829

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा २ सय१७ जनामा एन्टिजेन तथा स्वाब परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैंडाकोटमा ४५ जना, कावासोतीमा ९ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणिमा ३३ जना, हुप्सेकोटमा १ जना, बुलिङ्गटारमा ४ जना, बौदिकालीमा २७ र जिल्ला बाहिरको १ सहित १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार थपिएका १२४ जना सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९३० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण जिल्लामा १ जनाको मृत्यु भए सँगै गत २०७८ वैशाख १ गते देखि हाल सम्म मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology