चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

NAWALPUR TIMES

चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा
1622619959397

नवलपुर । पुर्वी नवलपरासीको देवचुली-२ केउरानीमा रहेको चौधरी उद्योग ग्राम अन्तर्गतको सि. जि. ब्रुअरी नेपाल प्रा लिमा बुधबार बिहान ८ बजे देखि अचानक लागेको आगो नियन्त्रणमा आएको छ ।

चितवनको भरतपुर महानगरका दुईवटा, खैरहनी नगरपालिकाको एक, नेपाली सेनाको एक र कावासोती नगरपालिकाको एक वटा गरि पाँच वटा दमकल, सशस्त्र प्रहरी , नेपाल प्रहरी र कारखानामा काम गर्ने श्रमिकको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादनको काम चलिरहेको बेला विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।

आगलागी बाट भएको क्षतिको विवरण संकलन भैरहेको उद्योग प्रशासनले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology