चितवनको निषेधाज्ञा जेठ २७ सम्म थपियो

NAWALPUR TIMES

चितवनको निषेधाज्ञा जेठ २७ सम्म थपियो
Nisedhgya Lockdown

चितवन । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology