कावासोतीका विभिन्न ५ स्थानमा चोरी गरेकाहरुलाई पक्राउ गरि सार्वजनिक

NAWALPUR TIMES

कावासोतीका विभिन्न ५ स्थानमा चोरी गरेकाहरुलाई पक्राउ गरि सार्वजनिक
IMG 20210601 172423

कावासोती । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जिल्लाका विभिन्न स्थानमा चोरी गर्दै हिडनेहरुलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीमा मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न स्थानमा चोरी गरेर फरार रहेका कावासोती-१ का कृष्ण बहादुर परियार र देवचुली-१६ का मोटे हरि भनिने हरिजन दर्जीलाई चोरी गरेका सामान सहित सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा उनिहरुले गत वैशाख-२३ गते कावासोती-३ को नारायण अर्यालको घरबाट नगद, गरहना, टेलिभिजन, थाल, कचौरा समेत गरि अन्दाजी रु. ५,००,००० को धनमाल, वैशाख २५ गते कावासोती-५ दशघरे चोक बस्ने मनमाया पाईजा मगरको घरबाट सामसुङ एल.ई.डि. टेलिभिजन, राईसकुकर, प्रेसर कुकर, मिक्सर, कराई, कप सेट, ग्यास चुलो, चक्कु, बल्याङकेट, कांसको थाल, कचौरा समेत गरी  अन्दाजी रु. ८१,६०० बराबरको धनमाल चोरी गरेको जानकारी दिएको थियो ।

त्यस्तै गत जेठ १४ गते कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा पसल सन्चालन गरेका मणी न्यौपानेको पुजा सामग्री पसलबाट नगद,  पुजामा प्रयोग हुने शंख, शिवलिङ्ग, गणेशको मुर्ती, तामाको थाली, पित्तलको थाली, छाता, घ्यु, तिलको तेल, अगरवत्ती समेत गरी कुल जम्मा अन्दाजी रु. २७,०७०, बराबरको धनमाल, जेठ १४ गते नै कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा खिममाया रानाको कोठाबाट सामसुङ मोवाईल-१ थान, उनिको दोसल्ला, खानेतेल, लाईट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी अन्दाजी  रु.५७,८७०, बराबरको  धनमाल र जेठ १५ गते कावासोती-६ प्रगतिटोल बस्ने राजु रसाईलीको घरबाट जुत्ता, हाल्फ पाईन्ट,टिसर्ट लगायतका विभिन्न कपडाहरु, मोवाईल, नगद, चाँदी, सुन, सुन तौल गर्ने मेशिन, सुन सफा गर्ने फलामका दाना समेत गरि अन्दाजी रु. ६,७६,१०० बराबरको धनमाल चोरी गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रहरीले उनिहरुको साथबाट सुनका गरगहना, थाल, कचौरा, टेलिभिजन, मिक्सर, पुजा सामाग्री, तेल, धुप, सिरक, लाईट, राईस कुकर, प्लेट, काटा चम्चा, बिभिन्न कम्पनीका मोबाईल, मोटरसाईकल समेत बरामद गरेको जनाएको छ ।

प्रकाउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology