सगरमाथामा पहिलोपटक सफल आरोहणको ६८ वर्ष पूरा

NAWALPUR TIMES

सगरमाथामा पहिलोपटक सफल आरोहणको ६८ वर्ष पूरा
1622264704357

काठमाडौं, १५ जेठ । नेपालमा अवस्थित विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मा पहिलोपटक सफल आरोहण भएको आजदेखि ६८ वर्ष पूरा भएको छ ।

सो अवसरमा आज विश्वभर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । आज आरोहणको आधारमा ६८औं सगरमाथा दिवस तथा १४औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन लागिएको हो ।

सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । नेपालमा भने विक्रम संवत् २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजार मानिसले सगरमाथाको शिखरमा पाइला टेकिसकेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology