नवलपुर अपडेट : ११६ जना निको हुँदा ८१ जनामा संक्रमण, २ जनाको मृत्यु

NAWALPUR TIMES

नवलपुर अपडेट : ११६ जना निको हुँदा ८१ जनामा संक्रमण, २ जनाको मृत्यु
nawalpur 1

कावासोति । नवलपुरमा पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित निको भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार होम आइसोलशेनमा रहेका ११६ जना निको भएका हुन् ।

कोभिडको दोस्रो लहर शुरु भए यता नवलपुरमा २ हजार १९ जना संक्रमित भएकाहरु मध्ये बिहिबार सम्म ९ सय ९जना निको भएका छन् ।

त्यसैगरी बिहिबार ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा बिहिबार गैडाकोटमा ४२जना, देवचुलीमा २ जना, कावासोतीमा १५ जना, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ११ जना, बौदिकालीमा २ जना र जिल्ला बाहिरका २ सहित ८१ जनामा संक्रमण भएको हो ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ७८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा नवलपुरमा २ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology