मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्ट सन्चालनमा

NAWALPUR TIMES

मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्ट सन्चालनमा
FB IMG 16214359905587746

कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बुधबारबाट सन्चालनमा आएको छ ।

दैनिक १८ वटा ठुला सिलिन्डर भर्न सक्ने क्षमता रहेको प्लान्टमा पाईप लाईन जोडेर २० वटा बेडमा २४ घण्टानै अक्सिजन पुग्ने गरि प्लान्ट सन्चालनमा ल्याईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरबहादुर थापाले बताए

अक्सिजन प्लान्ट सन्चालनमा आए सँगै अस्पतालमा अब अक्सिजनको अभावमा बिरामीको उपचारमा असर नपर्ने थापाले बताए । “बिरामीको चाप अनुसार यति बेला अस्पतालमा दैनिक ३५ सिलिन्डर अक्सिजन आवश्यकता पर्ने अवस्था छ, प्लान्टबाट उत्पादन भए बाहेकको नपुग अक्सिजन नियमित रुपमा अक्सिजन आपूर्ति गर्ने उद्योगबाट पूरा गर्ने गरि व्यवस्था गरेका छौ,” डाक्टर थापाले भने । थापाका अनुसार प्लान्टको क्षमता वृद्धिका लागि प्रदेश सरकार , स्थानीय तह लगाएतका संघसंस्था सँग समन्वय गरि काम अगाडि बढाईएको छ।

अक्सिजन प्लान्टको बुधबार संघीय सांसद तिलक महतले स्विच थिचेर उदघाटन गरेका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराई , प्रहरी प्रमुख प्रकाश मल्ल लगायतको उपस्थिती रहेको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology