नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन

NAWALPUR TIMES

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन
1621407209802

काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ। बुधबार विहान महाराजगन्जस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

उनका नाति पूजन बरालका अनुसार बरालको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए।

उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी बराल मुक्ति सेनाका सिपाही थिए। विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा जन्मेका उनी २०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका थिए।

प्रहरीमा भर्ना भएको छोटो अवधिमा नेपाल प्रहरीको उच्च पदमा समेत पुगेको हुन्। नेपाल प्रहरीमा रहँदा उनले आधुनिक प्रहरी निर्माणमा महत्वपूर्ण योगदान गरेको मानिन्छ।

नेपाल प्रहरीमा गाँस बास कपासको व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउने उनलाई जाने पूर्व प्रहरीले बताउने गरेका छन् । उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology