मध्यविन्दु जिल्ला अस्पतालमा कोभिडका बिरामीले भरिए अक्सिजन सहितको बेड

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २९ गते ११:२६
मध्यविन्दु जिल्ला अस्पतालमा कोभिडका बिरामीले भरिए अक्सिजन सहितको बेड
1620798028428

कावासोती । पुर्वी नवलपरासीको मध्यविन्दुु जिल्ला अस्पतालमा बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको बेड भरिएको छ । कोेरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि अस्पतालमा रहेका २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन ।

कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा बिरामी रहेको  बताए ।२५ जना कोभिडका र तीनजना संस्कास्पद बिरामी गरि २८ जनाको उपचार भैरहेको उनले सुनाए । डाक्टर न्यौपानेका अनुसार २८ जना मध्ये २४ जना बिरामी लाई निरन्तर अक्सिजन दिनुपरेको छ ।

“बिरामीहरुको अवस्था अनुसार केहिलाई दिनकै ४/५ वटा अक्सिजनको ठुलो सिलिण्डर लगाउनु परेको छ”, न्यौपानेले भने । जिल्ला अस्पतालमा सानो ठुलो गरि ६५ थान अक्सिजनको सिलिण्डर राखिएको छ ।कोारोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा  थप बिरामी आएको अवस्थामा ईमरजेन्सीमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित : २०७८ वैशाख २९ गते ११:२६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI