विद्युत महसुल अनलाइन मार्फत भुक्तानी गर्न विद्युत प्राधिकरणको आग्रह

NAWALPUR TIMES

विद्युत महसुल अनलाइन मार्फत भुक्तानी गर्न विद्युत प्राधिकरणको आग्रह
bill

नवलपुर । कोरोना भाईरस (कोभिड१९) का कारण मिटर रिडिङमा समस्या परेको भन्दै नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले मिटरमा खपत भएको अंक कार्यालयमा टिपाउन आग्रह गरेको छ ।कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण फैलिरहेको कारण मिटर रिडरहरु घरघरमै पुगेर जाचँ गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालयले स्वंयम ग्राहकवर्ग लाई अंक टिपाई महशुल भुत्तानी गर्न अनुरोध गरेको हो ।
कार्यालयका अनुसार मिटरमा अपत भएको अंक कार्यालयले उपलव्ध गराएको नम्बर वा विद्युत्त प्राधिकरणको बेवसाईटमा गै सेल्फ मेटिर रिडिङ मार्फत मिटरको खपत भएको अंक पठाउन सकिने उल्लेख छ ।साथै खपत अंक पठाएको भोलीपल्ट अनलाईन भुक्तानी मार्फत विद्युत्त महशुल भुक्तानी गर्न सकिने पनि नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

ग्राहकहरुले निम्न नम्बरमा सम्पर्क गरि आफ्नो मिटरमा खपत भएको अंक टिपाउन सक्नेछन ।
कावासोतीका लागि

मिटर रिडिङ फाँटमा रहेको टेलिफोन नम्बर ०७८-५४००२८ (विहान १० देखि दिउसो २ वजेसम्म )
चन्द्रप्रभा श्रेष्ठ ९८०२९९९८२० (विहान १० देखि दिउसो २ वजेसम्म )
लालहरी उपाध्याय ९८०२९९९८११ (विहान १० देखि दिउसो २ वजेसम्म )

गैँडाकोटका लागि
रमेश लामा ९८०२९९९८६०  (विहान १० देखि दिउसो २ वजेसम्म )
प्रशाखामा रहेको फोन नं ०७८५०१०३६ (विहान १० देखि दिउसो २ वजेसम्म )

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology