जिल्ला प्रहरी कार्यालयद्वारा नवलपुरमा ६७ थान अक्सिजन सिलिन्डर संकलन

NAWALPUR TIMES

जिल्ला प्रहरी कार्यालयद्वारा नवलपुरमा ६७ थान अक्सिजन सिलिन्डर संकलन
thumb

कावासोती । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जिल्ला भित्रका विभिन्न व्यवसाय गर्नेहरु बाट ६७ खाली अक्सिजन सिलिन्डर संकलन गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सन्चालन गरेका व्यवसायी बाट ३३ थान अक्सिजन सहित तथा ३४ थान खाली सिलिन्डर संकलन गरेको संकलन भएका सिलिन्डरहरु जिल्ला प्रहरी कार्यालयको मातहतमा राखिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

संकलन गरिएका सिलिन्डरहरु जिल्ला भित्र कोरोना संक्रमित बिरामीहरुलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराईने पनि गिरीले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको अनुरोध अनुसार आफुहरुले व्यवसायीहरु सँग आग्रह गरे पछि व्यवसायीहरुले आफू सँग रहेका सिलिन्डर हस्तान्तरण गरेका गिरीले बताए । सिलिन्डरहरु गृल उद्योग , वर्क शप र कवाड पसलबाट संकलन गरिएको हो ।-तस्बिर : फाईल

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology