बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

NAWALPUR TIMES

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते
1620454299652

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् ।

उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology