काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो ।
नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे ।
नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाए ।
प्रकाशित : २०७८ वैशाख ९ गते १४:५३
Facebook Comment