बुलिङ्गटारमा सिङ्गो गाउँनै काङ्ग्रेसमा प्रवेश, ७५ घरका ३ सय ३४ जनालाई कोइरालाले गरे स्वागत

NAWALPUR TIMES

बुलिङ्गटारमा सिङ्गो गाउँनै काङ्ग्रेसमा प्रवेश, ७५ घरका ३ सय ३४ जनालाई कोइरालाले गरे स्वागत
received 862571704296336 scaled

कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा एउटा सिङ्गै गाउँनै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको छ ।

बुलिङ्गटार गाउँपालिकाको वडा ४ मा पर्ने चुलिबोझा गाउँका ७५ घरका ३ सय ३४ जना नेकपा एमाले र अन्य दल छोडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

मंगलबार चुलिबोझामा आयोजना गरिएको कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका थिए ।

यस अघि नेकपा एमालेको वर्चस्व रहने गरेको उक्त गाउँमा चुनाव प्रसार प्रचारका लागि आफुहरु जाने अवस्थामा नभएको काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए । “सिङ्गो गाउँनै प्रवेश गर्दा हामी उत्साहित भएका छौं, आफ्नै पार्टीको सरकार हुँदा पनि उहाँहरुमा निरासा थियो, उहाँहरु सिङ्गो गाउँ नै हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ, उहाँहरुलाई हामी निराश पार्दैनौ,” नवलपुर टाइम्स सँगको कुराकानीमा लामिछानेले भने । उक्त गाउँ नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्दछ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछाने , संविधान सभा सदस्य महेन्द्रध्वज जिसी , प्रदेश सांसद ओमकला गौतम, बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी लगाएतका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology