सुन जडित गैंडाको खागसहित कोहलपुरबाट दुई जना तस्कर पक्राउ

NAWALPUR TIMES

सुन जडित गैंडाको खागसहित कोहलपुरबाट दुई जना तस्कर पक्राउ
received 117377846968726

सौरभ गिरी/बाँके
ईलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको त्रिभुज आकारको बहुमूल्य खागसहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ। बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र खनालको कमाण्डमा गएको टोलीले शुक्रबार दिउँसो गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ ।

खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्गटार गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सुरेश सिंजाली रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्।

बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर बन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेकजाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।

चेकजाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको २ थान गैंडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उदेश्यका खागमा सुनको टाँसेर हिडेको खनालले बताए।

उनीहरुले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना बनाएको बताएका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । बरामद गरिएको २ थान खागलाई आबश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकमा बुझाइने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्।

ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहिबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology