छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

NAWALPUR TIMES

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल
images 3

५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology