सामुदायिक प्राकृतिक चिकित्सालय : वरिष्ठ उपाध्यक्षमा न्यौपाने र सचिवमा घिमिरे विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते २१:०१
सामुदायिक प्राकृतिक चिकित्सालय : वरिष्ठ उपाध्यक्षमा न्यौपाने र सचिवमा घिमिरे विजयी

सन्जय भट्टराई/रजहर ।
पुर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको सन्चालक समितिको वरिष्ठ उपाध्यक्ष र सचिव पदमा सर्वसम्मत हुन नसके पछि मंगलबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा पेउ नारायण न्यौपाने र सचिवमा प्रदिपराज घिमिरे विजयी भएका छ्न ।

मंगलबार साँझ सम्पन्न निर्वाचनको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित पेउ नारायण न्यौपानेले निकटम प्रतिद्वन्द्वी ॠषि तिवारीलाई १ सय ४८ मतको अन्तरले पराजित गरेका हुन । न्यौपानेले ३ सय ९० मत प्राप्त गर्दा तिवारीले २ सय ४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिव पदमा प्रदिपराज घिमिरेले निकटम प्रतिद्वन्द्वी टोपराज कोइरालालाई १ सय ४६ मतान्तरले पराजित गरेका हुन । घिमिरेले ३ सय ९६ मत प्राप्त गर्दा कोइरालाले २ सय ५० मत पाएका निर्वाचन समितिले जनाएको छ ।

कुल १ हजार ३१ मतदाता रहेको चिकित्सालयको मंगलबार सम्पन्न निर्वाचनमा ६ सय ६९ मत खसेको थियो भने वरिष्ठ उपाध्यक्ष तर्फ ३७ मत र सचीव तर्फ २३ मत बदर भएको बताईएको छ ।

वरिष्ठ उपाध्यक्ष र सचीव बाहेकका अन्य पदहरुमा यस अघिनै सर्वसम्मत रुपमा पदाधिकारी र सदस्यहरु चयन भएका थिए । नयाँ कार्यकालका लागि निवर्तमान अध्यक्ष सन्तबहादुर क्षेत्री पुन अर्को कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । त्यस्तै समितिको महिला उपाध्यक्षमा लक्ष्मी बस्ताकोटी, कोषाध्यक्षमा नेत्र बहादुर पाण्डे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरि कार्य समितिको १६ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै निर्विरोध निर्वाचित हुने हरुमा लेखा संयोजक जितलाल चौधरी , लेखा समिति सदस्य पिमलाल भट्टराई र लेखा समिति महिला सदस्य धनमाया खडका रहेका निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०७७ चैत ३ गते २१:०१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI